२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस

महामन्त्री थापाले भने :  " मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने " 

'विश्वासको मत दिने सबै दलहरू बीचमा समझदारी बनाउनुपर्नेछ'  

मंगलवार , चैत्र ७, २०७९

 

काठमाडौँ,  चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटको टुंगा नलागेकाले मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने बताएका छन् ।  उनले गठबन्धनमा संसद्भित्रको अंकगणितभन्दा अस्वाभाविक हुने गरी दाबी गर्दा मन्त्रालय बाँडफाँटमै समस्या हुने बताए ।

काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दलहरू बीचमा समझदारी बनाउनुपर्नेछ । '

'दलहरू धेरै छन्, दलभित्र आकांक्षीहरू झन् धेरै छन् । त्यसलाई मिलाउँदा केही समय लाग्न सक्छ । तर लामो समयदेखि मन्त्रालय नेतृत्वविहीन भएकाले समयको दबाबलाई पनि ध्यान दिनुपर्नेछ ।’

उनले दलहरूले संसद्भित्रको गणितलाई बिर्सिएर मन्त्रालयमा अस्वभाविक दाबी पेस गर्दा समस्या हुने बताए । ‘संसद्‍‍भित्र जस्तो अंकगणित छ, त्यसलाई नसुहाउने गरी दाबी प्रस्तुत भयो भने त्यसले समस्या सिर्जना गर्छ,’ उनले भने । उनले कांग्रेसले गठबन्धनमा कति वटा मन्त्रालय पाउने भन्ने टुंगो नलाग्दा त्यसबारे पार्टीभित्र पनि छलफल नभएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार