२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा एकीकृत समाजवादी

अध्यक्ष नेपालले भने : " मन र विचार मिल्ने दलसँग गठबन्धन "

'आर्थिक अवस्था मजबुत बनाउन एकजुट हुनुपर्छ'

शनिवार , चैत्र ४, २०७९


काठमाडौँ, चैत । नेकपा )एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग  गठबन्धन हुन सक्ने बताएका छन ।  

मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।  

अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए ।  “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेसँग गठबन्धन हुन सक्दैन”, उनले भने । 
 
गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने– “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।” 

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए ।  कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार