२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपराष्ट्रपति पदको मतगणना सकियो

नवनिर्वाचित उपराष्ट्रपति यादवले भने : " राष्ट्रिय एकतालाई मजबुद बनाउँछु "

'शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन प्रयास गरिनेछ'

शुक्रवार , चैत्र ३, २०७९


काठमाडौँ, चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।  

उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने,  “मुलुक समृद्ध रुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”

यादव जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार हुन । उनले सङ्घीय संसद्तर्फ  १८४ र प्रदेशतर्फ  ३२९ मत (कूल ३० हजार ३२८ मतभार) प्राप्त गरे ।  

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) ले सङ्घतर्फ  १०४  र प्रदेशतर्फ १६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गरे ।  नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिए ।

नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिएका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार