२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस 

" संसद्को आगामी बैठक अघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने निर्णय गर्नुपर्ने "

महामन्त्री थापाले भने : 'सत्तापक्षमा जाने नजाने निर्णय विश्वासको मतअघि '

शुक्रवार , चैत्र ३, २०७९

 


काठमाडौँ,  चैत ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्को आगामी बैठकअघि नै पार्टी सत्ता पक्षमा बस्नुपर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा जानेरनजाने कुरा निर्णय गर्नुपर्ने बताएका हुन् । 

चैत ५ गतेका लागि बोलाइएको संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ । कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएलगत्तै सरकारले पूर्णता पाउने बताए ।

महामन्त्री थापाले सरकार आफ्नो कार्यदिशामा स्पष्ट हुनुपर्ने बताए । उनले भने, ुअबको ५ वर्षका लागि यो सरकारले के दिन्छ के कुराको परिवर्तन देखाउँछ भन्ने कुरा डे वानदेखि नै लाग्नुपर्छ । 

प्रधानमन्त्री र सरकारमा जाने मन्त्रीहरू पनि के गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । मन्त्रालय लिने कुरामा मात्र रस्साकस्सी हुनुहुँदैन ।  पुष्पकमल दाहाल नेतृत्वको यो गठबन्धनको सरकारले जनतालाई के(के कुरा दिने भन्ने कुरामा पनि रस्साकस्सी होस् ।ु

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार