२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री दाहालको सचिवालयलाई पत्र  :  " चैत ६ मा विश्वासको मत "

' विश्वासको मत लिने एजेन्डा चैत ६ को कार्यसूचीमा समावेश गरिदिनू '

बिहिवार , चैत्र २, २०७९

काठमाडौँ, चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् । 

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बिहीबार पत्र पठाएका हुन् ।  प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाएका हुन ।  

प्रधानमन्त्री दाहालले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा कांग्रेससँग गठबन्धन गरेका दाहालले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार