२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपराष्ट्रपति पदको निर्वाचन

नेपाली कांग्रेस बैठककाे निर्णय :  " जसपाका नेता यादवलाई मत दिने "

कांग्रेस वरिष्ठ नेता पौडेललाई बधाई तथा शुभकामना , मतदान गर्नेप्रति धन्यवाद ज्ञापन

बुधवार , चैत्र १, २०७९


काठमाडौँ, चैत । नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हुँदैछ । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा नेपालका नेता यादवलाई मत दिने निर्णय गरेको हो ।

बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनाका साथै उनलाई मतदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
 
यसैगरी बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिएका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार