२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपराष्ट्रपति निर्वाचन

प्रमिलाले लिईन उमेद्वारी फिर्ता : " रामसहायप्रसाद यादवलाई समर्थन गर्ने "

'विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रामसहाय उपराष्ट्रपतिका लागि सक्षम र योग्य'

सोमवार , फाल्गुण २९, २०७९


काठमाडौँ, फागुन । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिला कुमारी यादवले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ ।

उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताएकी छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै अब उप्रान्त आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको उल्लेख गरेकी छन् ।

प्राविधिक रुपमा उक्त पदका लागि आफ्नो नाम रहेपनि प्रतिवद्धताका साथ रामसहाय यादवलाई समर्थन गर्ने प्रमिलाकुमारीले बताएकी छन् । 

प्रमिलाकुमारीले फागुन २७ गते उक्त पदका लागि आफूले मनोनयन दर्ता गराएकी थिइन् । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ । 

उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन् । जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार