२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपति कार्यालय

नयाँ राष्ट्रपति पौडेलले लिए शपथ : " निवर्तमान राष्ट्रपतिको बिदाइ "

सोमवार , फाल्गुण २९, २०७९

 

काठमाडौँ, फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथ लिएका हुन् ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । 

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार