२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपराष्ट्रपति पदको निर्बाचन 

मनोनयन फिर्ताको समय सकियो : " चारजनाकै उम्मेदवारी कायम "

आइतवार , फाल्गुण २८, २०७९

 

काठमाडौँ,  फागुन  ।  चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको हो । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ । 

उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन् । 

जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् ।

jjj-1232023120850-1000x0.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार