२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपराष्ट्रपति पदको निर्वाचन

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता : 'सत्ता गठबन्धनमा सहमति जुटेन'

एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमतबाट ममता झा 

शनिवार , फाल्गुण २७, २०७९


काठमाडौँ,  फागुन । उपराष्ट्रपति पदमा सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी  तर्दा भएको छ ।  चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज, शनिबार,  चार जनाको उम्मेदवारी दर्ता  गर्ने कार्यक्रम रहेको थियो । 

उम्मेदवारी दर्ता गर्नेहरुमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा छन् । त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने भने पनि सहमति जुट्न नससक्दा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । शनिबार बिहान बालुवाटारमा साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यद्यपि उनीहरुले एक जनामा सहमति खोज्ने र दुई जनाको उम्मेदवारी फिर्ता गर्न सकिने बताएका छन् ।  यसअघि निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको थियो । तर आयोगको सुझावलाई बेवास्ता गर्दै पुरुषको समेत उम्मेदवारी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार