२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सत्ता गठबन्धन बैठक : उपराष्ट्रपतिमा ३ उम्मेदवार 

शनिवार , फाल्गुण २७, २०७९


काठमाडौँ, फागुन ।  सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् ।

बैठकमा सहभागी जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको बताए । शनिबार बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो(आफ्नो दाबी गर्दा बैठकले एकल उम्मेदवार उठाउन नसकेको हो । 

उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बताए ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने अझै पनि उम्मेदवारी फिर्ता गराएर सहमतिको प्रयास हुने बताएका छन् । 
सत्ता गठबन्धनमा यसअघि नै उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । तर गठबन्धनबाटै जनमतले पनि दाबी नछाडेपछि समस्या उत्पन्न भएको हो ।

जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाउने भएको हो । 

जसपा नेता प्रदीप यादव पनि आइतबारसम्म सहमतिको प्रयास हुने बताउँछन् । गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पाउने सहमति भएकाले जसपाको मात्र एकल उम्मेदवार हुने सम्भावना रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार