२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपराष्ट्रपति पदको निर्बाचन 

मनोनयन दर्ता आज : " समय बिहान ९ देखि २  बजेसम्म "

शनिवार , फाल्गुण २७, २०७९

 

काठमाडौं, फागुन  । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी  उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ। आजै मनोनयन दर्ता गर्नुपर्ने भएपछि सत्ता साझेदार दल र एमालेले उम्मेदवार तय गर्न बैठक बोलाएका छन् ।

उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि पाँचरपाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ । 

उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ  ३३२ र प्रदेशसभा सदस्य  ५५० गरी कुल ८८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार