काठमाडौं, फागुन । राजनीतिक परिस्थितिले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको आभास भइरहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
महामन्त्री थापाले शुक्रबारदेखि काठमाडौंमा सूरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’ को सम्बोधनका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
सो कार्यक्रमको अन्तिम सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको होकि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो।
उनले राजनीतिज्ञलाई अर्थशाष्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशाष्त्रीहरुलाई आग्रह गरे । महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशाष्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गरे ।
उनले भने, ‘आज प्रधानमन्त्रीजी अरु केही व्यवस्तताका कारण आउन पाउनु भएन । हिजो सभागृहमा यस्तै कार्यक्रम थियो । मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो ।
पार्टी सभापति आईपुग्नु भएन । त्यसपछि अन्तिम वक्ता म भए । आज प्रधानमन्त्री आईपुग्नु भएन । अन्तिम वक्ता म भए । सब्सिच्यूट भइराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु।’
महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशाष्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराए ।