२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस - एमाले सत्ता सहकार्य  

एमाले अध्यक्ष ओलीलाई महामन्त्री थापाको जवाफ : " अहिले होइन, २०८४ पर्खौ "

एमाले अध्यक्ष ओलीले भने :' कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम खाएका छैनाैँ'

बिहिवार , फाल्गुण २५, २०७९

 

काठमाडौं, फागुन  । कांग्रेस - एमाले सत्ता सहकार्यको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको बताएका छन् । संसद भवन परिसरमा आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेस–एमाले मिल्नसक्ने आशय व्यक्त गरेको  गरेका थिए । 

महामन्त्री थापाले सञ्चारकर्मीसँग भने, २०८४ सालसम्म त्यो सम्भव नभएको  उल्लेख गरे ।  राष्ट्रपति निर्वाचनमा भोट हाल्न संसद भवन पुगेका ओलीले पत्रकारसँगको जवाफमा कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावनाबारे बताएका थिए । 

एमाले अध्यक्ष ओलीले सो क्रममा कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको बताएका थिए । उनले भनेका थिए, ‘राजनीतिमा केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’

संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनाबारे जिज्ञासा राखे । जवाफमा थापाले भने, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’ यस पटक भने त्यो सम्भावना नभएको थापाले बताए । 

एमालेले धेरैपटक धेरैलाई झुक्याएको भन्दै थापाले भने, ‘सबैलाई एकपटक झुक्याउन सकिन्छ तर सबैलाई पटक–पटक झुक्याउन सकिंदैन ।’ एमालेबाट झुक्याइएकाहरुको अनुभव साटासाट गरेर कांग्रेस, माओवादी केन्द्रलगायत दलले सरकारमा साझेदारी गरेको थापाको भनाइ छ । ‘फेरि झुक्याउन सक्छु भनेर हामीलाई यति धेरै अवमूल्यन नगरिदिन हार्दिक आग्रह छ,’ थापाले भने ।

उनले अबको राष्ट्रपति जतिसक्यो धेरै नागरिकतिर फर्किनुपर्नेमा जोडसमेत दिए । ‘राजसंस्थाको जुन परम्परा अभ्यास हो, त्यसबाट यसलाई अलग्ग गर्न सक्नुपर्ने रहेछ,’ थापाले भने, ‘हामीले कताकता राजसंस्थाको निरन्तरता छ है भने जस्तो आभाष दिन खोज्यौं, भद्दा नक्कल गर्न खोज्यौं । यो क्रमलाई यसपटक हामीले भंग गर्नुपर्छ ।’

द्वन्द्वकालीन मुद्दा कुनै एक दलको मात्र जिम्मेवारी नभई शान्ति प्रक्रियामा संलग्न सबै दलहरुको सामूहिक जिम्मेवारी भएको भन्दै थापाले त्यसलाई प्राथमिकताका साथ टुंगोमा पुर्याउनुपर्ने बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार