२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपति निर्वाचन

बिहीबार निर्बाचन हुँदै : " मतदानस्थल बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल "

'सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र'

बुधवार , फाल्गुण २४, २०७९

काठमाडौँ,  फागुन  ।  मुलुकको आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुईवटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिएकी छन ।  

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । 

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३३२ र प्रदेशसभा सदस्य  ५५० मतदाता रहेका छन ।  निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।
 
निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन ।    

राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार  छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार