२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा एमाले

अध्यक्ष ओलीले भने : 'रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ'  

शनिवार , फाल्गुण २०, २०७९


काठमाडौँ, फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन ।  एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश रजनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए । 

“एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छ”, उनले भने,  “हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पु¥याउनुपर्दछ ।” 

उनले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध  र अनुशासित बनाएर काम गर्न निर्देशन दिए । 

उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरे ।  अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेद्भाव पनि नगर्ने बताउनुभयो । “पार्टीले भेद्भाव गर्दैन ।

भेद्भाव आफूले आफैँलाई नगरौँ”, उनले थपे । अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताए ।  

उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट स्थानीय तह कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठसहितको पदाधिकारी एमालेको जनसङ्गठन पेसागत महासङ्घ नेपालमा समाहित भएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार