काठमाडौँ, फागुन । फाल्गुन २५ गते तय भएको राष्ट्रपति चुनावका लागि आफ्नो पक्षमा वातावरण बनाउन दुवै उम्मेदवारहरूले पनि मत माग्ने क्रम जारी राखेका छन्। प्रधानमन्त्रीसहित आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले आफ्ना सांसद्हरूको अभिमुखीकरण आयोजना गरेर पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।
नेम्वाङसहितको टोलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेर अध्यक्ष माधवकुमार नेपाललाई आफ्ना उम्मेदवारलाई समर्थनका लागि अनुरोध गरेका थिए।
बीबीसीका अनुसार, भेटपछि नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, “राष्ट्रपति निर्वाचनको सन्दर्भमा हामी रामचन्द्र पौडेलको प्रस्तावक रहेकाले हामीले तत्कालै केही भन्न सक्ने परिस्थिति थिएन । उहाँहरूले पनि त्यो कुरा मनन गर्नुभएको छ।”
‘बल्ल बल्ल दुई पार्टीबीच आधिकारिक औपचारिक भेटवार्ता’ हुनु सकारात्मक होअहिले राष्ट्रपति चुनावका लागि कांग्रेससहितको गठबन्धनको पक्षमा देखिएको अङ्कगणित कायम रहेको खण्डमा पौडेल देशको सर्वोच्च पदमा पुग्ने निश्चित छ।
राष्ट्रपति चुनावमा गोप्य मतदान हुने भएकाले गठबन्धन टुटाउन अथवा सङ्घीय संसद् र प्रदेश सभाका सांसदहरूको मत तान्न एमालेले प्रयत्न गर्ने देखिन्छ । एमालेले कांग्रेसबाहेक दलसँग मत माग्ने निर्णयसँगै सबै दलसँग मत माग्दैछ भने राष्ट्रिय सहमति कायम हुने भन्दै आफ्ना उम्मेदवारलाई समर्थन गर्न कांग्रेसले एमालेलाई पत्राचार गरेको छ।