२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपति निर्बाचन 

" स्वच्छ भएर काम गरौँ, आउँदो १० वर्षभित्र नेपालले फड्को मार्छ " 

रामचन्द्र पौडेलले भने : 'संविधान रक्षा गर्ने  पक्षमा कुनै कसर बाँकी राख्नेछैन'

बिहिवार , फाल्गुण १८, २०७९

 

काठमाडौँ, फागुन । राष्ट्रपतिका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सही र स्वच्छ ढंगले अर्थनीति, विकासनीति सञ्चालन गर्न सकेमा नेपालले आउँदो १० वर्षभित्रमा फड्को मार्न सक्ने सम्भावना रहेको बताएका छन् ।  

आठ दलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले आ(आफ्ना लागि तोकिएको दायित्व पूरा गर्ने, जिम्मेवार हुने र समयमा योजना सम्पन्न गर्न सक्यौं भने देशले आउँदो १० वर्षमा राम्रो उन्नतिमा फड्को मार्न सक्ने बताएका हुन् ।

आ आफ्नो लागि तोकिएको दायित्व पूरा गर्ने, जिम्मेवार हुने । तोकिएको कर्तव्यमा, अभिभारामा जवाफदेही हुने, समयमा हाम्रा योजना सम्पन्न गर्न सक्यौं भने,  'पौडेलले भने, सही र स्वच्छ ढंगले अर्थनीति, विकास नीति सञ्चालन गर्न सक्यौं भने मलाई लाग्छ नेपालले आउँदो १० वर्षमा राम्रो उन्नतिमा फड्को मार्न सक्छ ।'

उनले भने,  'देशमा सुशासन र राजनीतिक स्थायित्व चाहिएको भन्दै सबै मिलेर देशको सेवामा लाग्नुपर्नेमा जोड दिए । राष्ट्रलाई राजनीतिक स्थायित्व चाहिएको छ ।' 

सुशासन चाहिएको छ । यसका लागि हामी सबैले आ(आफ्नो मर्यादाभित्र, दायित्वभित्र रहेर इमान्दारिपूर्वक मातृभूमिको सेवा गरौं' उनको आग्रह थियो ।

पौडेलले राष्ट्रवादलाई लोकतन्त्रविरुद्ध प्रयोग हुनु दुर्भाग्यपूर्ण भन्दै राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर जानु नै देशभक्ति हुने बताए । 'राष्ट्रियता, प्रजातन्त्र एकअर्कामा गाँसिएका विषय हुन् । यी दुवै विषयलाई सँगै लिएर जानु नै देशभक्ति हो ।'

'देशलाई न्यायसहितको आर्थिक विकास चाहिएको छ । यसका लागि हामी सबैले प्रयास गरौं । मिलेर देश बनाऔं,' पौडेलको भनाइ थियो ।

समावेशी सिद्धान्तको आधारमा देशका दलित, महिला, आदिवासी जनजाति, अल्पसंख्यक, मुसलमान, मधेसीलगायत सम्पूर्ण जनताका अधिकार संविधानले संरक्षण गरेको भन्दै पौडेलले यसको विकल्प सोच्न नसकिने बताए । उनले संविधान पालनामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जनाए ।

'कहाँ कति सुधार गर्ने, प्रक्रियामा सबैको सहमतिमा सुधार गर्दै जान पनि सक्छौं । तर यो संविधानको विकल्पमा अर्को संविधान कल्पना गर्न सकिँदैन । यो अधिकार दिएको संविधान सम्पूर्ण नेपालीको गौरवको दस्तावेज हो,' पौडेलले भने ।

उनले भने, 'संबिधानको रक्षा गर्नु सम्पूर्ण नेपालीको कर्तव्य हो । यसको परिपालकको रुपमा मैले जिम्मेवारी निभाउने कुरामा कुनै कसर बाँकी राख्ने छैन ।'

उनले राष्ट्रको उन्नतिका लागि अहिलेको प्रणाली जोगाउनुपर्ने पनि बताए । उनले भने,  '

सिस्टम जो बनेको छ यसलाई जोगाउनु नै हाम्रा लागि राम्रो हुन्छ । सिस्टम बचाउन सकियो भनेमात्रै राष्ट्रको उन्नति गर्न सक्छ । स्थायित्व दिन सकेमात्रै राष्ट्रले उन्नति गर्न सक्छ । सुशासन दिन सक्यो भनेमात्रै राष्ट्रले उन्नति गर्न सक्छ । '

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार