२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

निजामती र सार्वजनिक सेवा

सरकारले कर्मचारीलाई खाजा खाने समय तोक्यो  : " समय अब आधा घण्टा "

बिहिवार , फाल्गुण १८, २०७९

काठमाडौं, फागुन ।  निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई सरकारले कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।

सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । सरकारले सो निर्णय गत सोमबार मन्त्रिपरिषदबाट भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १.३० देखि २ बजेसम्म ।’

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने सामान्यतया निश्चित समय नतोकिएको र एकरुपता पनि नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।

त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार