काठमाडौं, फागुन । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले आज , बिहीबार, संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापन कार्यक्रम हुन लागेको हो ।
सो अभिमुखीकरण कार्यक्रम आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने जनाइएको छ । कार्यक्रममा राष्ट्रिय र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । उनीहरुलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।
कार्यक्रममा आठ दलीय गठबन्धन बनाउनुको औचित्य र राष्ट्रपतिमा पौडेललाई अघि सार्नुको कारणबारे शीर्ष नेताहरुले सांसदहरुलाई जानकारी गराउने एक नेताले बताए ।
राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि आठ दलीय गठबन्धनको कार्यदलले यसअघि गरेको छ ।
।