काठमाडौँ, फागुन । नेकपा एमाले, राप्रपा र रास्वपा सत्ताबाट बाहिरिएका छन । यससँगै अहिले १६ मन्त्रालय खाली भएका छन । सोमबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारबाट बाहिरिने निर्णयपछि ती मन्त्रालय खाली हुन पुगेका हुन । रास्वपा र राप्रपा यसअघि नै सरकारबाट बाहिरिएका छन ।
राप्रपा र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र रास्वपाले भने सरकारलाइृ समर्थन यथावत राख्नेनिर्णय सँगै मन्त्रालय खाली हुन पुगेका हुन । ती खाली मन्त्रालय प्रधानमन्त्री दाहाल मातहतमा रहेका र ती मन्त्रालयको संख्या १६ पुगेको हो ।
सरकार निर्माणदेखि नै प्रधानमन्त्री दाहालसँगै वन तथा वातारण, युवा तथा खेलकुद मन्त्रालय रहेको थियो । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्रालय पनि आफूसँग राखे ।
गृह मन्त्रालय नपाउने भएपछि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २ मन्त्री र १ राज्यमन्त्रीले सरकार छाडेका थिए ।
त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका थिए । रास्वपाले छाडेको मन्त्रालय मन्त्रालय पनि प्रधानमन्त्री दाहाल आफैंमातहत राखे ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री थिए । राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर माओवादी केन्द्रसहित ८ राजनीतिक दलले कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने सहमति गरेसँग राप्रपाले सरकारबाट बाहिरिएको थियो ।