२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो : प्रधानमन्त्री दाहाल

आइतवार , फाल्गुण १४, २०७९

 

गोरखा, फागुन ।  राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो हुने र त्यसका लागि कोसिस गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । आइतबार बारपाक सुलिकोट गाउँपालिकामा भएको जनयुद्धुका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन गर्दै दाहालले सहमति नभए नयाँ राजनितिक यात्रा स्थायित्व र विकासका निम्ति सहयोगी बन्ने बताए ।

‘हिजो मात्र राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भयौं, नेकपा एमालेसँग पनि लगातार कुरा भइरहेको, २५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहन्छ,’ उनले भने,‘सर्वसम्मत भए सो मच द वेटर । धेरै राम्रो हुन्छ, त्यो कोसिस गरिरहेका छौं, नभए नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझै सहयोगी हुने विश्वास लिएको छु ।’

राष्ट्रपतिको चुनावको सन्दर्भमा आइपुग्दा आठ राजनितिक दल एक ठाउँमा आएको बताए । ‘निर्वाचन लड्दै गर्दा जुन राजनीतिक दलसँग मिलेर जनताका बीच भोट मागेका थियौं, गर्दै जाँदा परिस्थिति नयाँ बन्यो, हिजो प्रधानमन्त्ती भिन्न तवरले भएँ,’ उनले भने । 
उनले थपे,  ‘हिजो मात्र राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनितिक दल एक ठाउँमा भएका छौं ।’ दाहालले आफ्नो बाँकी जीवन सुशासन, विकास र देशको समृद्धिको निम्ति खर्चने बताए ।

‘सुशासनमा चालिएका कदम, भौतिक पूर्वाधार र मेघा प्रोजेक्ट र ठूला परियोजनामा मेरो ध्यान छ,’ उनले भने,‘आउँदो पीडिले पनि सम्झिरहने र त्यतिबेला सुरु भएको यी कामले गर्दा नेपाल यो ठाउँमा आइपुग्यो भनेर गर्व गर्ने किसिमले काम गर्छौं ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार