२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी

चार मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

शनिवार , फाल्गुण १३, २०७९

 

काठमाडौँ, फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।  शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।
राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ४ जना मन्त्री बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । 
शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
अध्यक्ष लिङ्देनले उपप्रधान तथा ऊर्जामन्त्री लिएर सरकारमा राप्रपाको नेतृत्व गरेका थिए । त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरिसकेका छन् । कांग्रेसबाट केहीबेरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्दैछन् । शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । 
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार