२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी बैठक

कार्यसम्पादन समिति बैठक  निर्णय : सरकारबाट बाहिरिने , राजीनामा बुझाउने  तयारी 

शनिवार , फाल्गुण १३, २०७९

 

काठमाडौँ, फागुन  । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)  सरकारबाट बाहिरिने भएको छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।  मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताए । लिङ्देन हालको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् ।

त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार