काठमाडौँ, फागुन । राष्ट्रपतिको उम्मेदवार चयन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार शनिबार बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको छ ।बिहीबार बिहानका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक शनिबारका लागि सरेको हो ।
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सार्वजनिक गरिसकेको छैन । यद्यपि अन्य दलका शीर्ष नेताहरूसँग सभापति शेरबहादुर देउवाको भेटघाट तीव्र बनिरहेको छ ।