काठमाडौँ, फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति पद दिनका लागि माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले यसबारे जानकारी दिएका हुन् ।
बैठकमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको उनले बताए । यस क्रममा माओवादी केन्द्र जसपालाई उपराष्ट्रपति दिनका लागि सकारात्मक भएको उनको भनाइ थियो । नेता यादवले भनेका छन्, उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयहरुमा हामीले आफ्नो धारणा राख्ने काम गर्यौं । माओवादी अत्यन्त सकारात्मक हुनुहुन्छ । सरकारलाई गतिशील बनाउने कुराहरु फेरि अन्यत्र पनि जोडिएका छन् ।
अहिलेको सरकार त हामी बाहेकको सरकार न हो । एमाले र माओवादी लगायत पार्टीहरुको सहकार्यमा बनेको सरकार हो । त्यसको विषय के हो ? अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्यो । कि यता कि उता । त्यसका विषयमा पनि छलफल हुने आउने दिनमा । माओवादीहरु, प्रचण्डजीहरु जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’
आफूहरूको छलफल निरन्तर चल्ने र मन्त्रिपरिषद् बैठकपछि पुनस् बैठक बस्ने उनले जानकारी दिए ।बिहीबार साँझ नै पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरु छलफलमा जुट्ने उनले जानकारी दिए ।