२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रचण्ड - नेपाल भेटवार्ता

“ फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ, दलबीच छलफल जारी ” 

बिहिवार , फाल्गुण ११, २०७९


काठमाडौं, फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ । 
छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिएका छन ।
उनले भने, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।”  भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार