२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

पश्चिमी वायुको प्रभाव :  सामान्य बदली, हल्का वर्षा र हिमपातको सम्भावना

बिहिवार , फाल्गुण ११, २०७९


काठमाडौं,  फागुन । मौसम पुनस् बदली भएको छ । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली भएको हो ।आज प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि मौसम बदली हुनेछ । शुक्रबार प्रदेश नं १ को पहाडी भू(भागका एक- दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार  पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षाका उच्च पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार