काठमाडौं, फागुन । राष्ट्रपति पदको उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेताहरुबीच छलफल भएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भएको हो ।लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ ।
ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपा नेता केशवकुमार झाले सञ्जारकमीलाइ जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।