२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

माओवादी बैठक निष्कर्ष

पुस १० को परिस्थिति बदलियो  : " स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य "

सोमवार , फाल्गुण ८, २०७९


काठमाडौँ, फागुन । माओवादीको पदाधिकारी बैठकले पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको भन्दै आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।
सोमबार साँझ बसेको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको  सञ्चारकर्माीलाई जानकारी दिएका छन ।
उनले भने, 'पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छ ।' महराले भने,'हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।' 
उनले बैठकमा एउटा मात्र एजेण्डामा छलफल भएको बताए । अध्यक्ष दाहालले अहिलेसम्म दलहरुसँग भएका वार्ताको ब्रिफिङ गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार