२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस संसदीय दल - कानुनविद् छलफल 

प्रमुख सचेतक लेखकले भने : " १० दिनभित्र नयाँ राजनीतिक कोर्ष बन्छ " 

शुक्रवार , फाल्गुण ५, २०७९


काठमाडौँ, फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीतिक कोर्ष बन्ने दाबी गरेका छन् । 
शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानुनविद्सँगको छलफल कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अबको हप्ता १० दिनभित्र नै नयाँ राजनीतिक परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताएका हुन् ।
एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको लेखकको भनाइ छ । प्रमुख सचेतक लेखकले नेकपा एमाले संसद् विघटनको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका राष्ट्रपतिजस्ता पदमा कांग्रेसको स्वभाविक दाबी रहने बताए ।

यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता १० दिनमा । 
नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ, उनले भने । प्रमुख सचेतक लेखकले कांग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार