काठमाडाैँ, फागुन । आज दिउँसो प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
यसैगरी प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । आज राति देशका पहाडी भू( भागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।