२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नियमावली मस्यौदा समिति बैठक

थुनामा परेका सांसद : " निलम्बनको नियमावली बनाउन दलहरू सहमत "

बुधवार , फाल्गुण ३, २०७९


काठमाडौँ, फागुन ।  विभिन्न खालका हत्या, बलात्कार, लागूऔषध, चोरी–डकैती जस्ता फौजदारी अपराधमा मुद्दा चलेमा सांसदलाई निलम्बन गर्नुपर्ने पक्षमा  सांसदबीच सहमति जुटेको छ । प्रतिनिधिसभा मस्यौदा नियमावली समितिमा सहमतिमा आज भएको छलफलका क्रममा सो सहमति जुटेको हो ।  
फौजदारी अभियोगमा अदालतको आदेश अनुसार पुर्पक्षमा पठाइए सांसदलाई निलम्बन गर्ने  बिषयमा  समितिको बुधबारको बैठकमा सहमति जुटेको  जनाइएको छ । 
अघिल्लो प्रतिनिधिसभाको नियमावलीमा ‘निलम्बन’ को प्रावधान नरहेको कारण गम्भीर प्रकृतिको फौजदारीको अभियोग लागेका सांसदहरू समेत निलम्बनमा परेका थिएनन् । यसअघिका बैठकमा थुनामा पठाउँदा निलम्बन गर्नुपर्ने पक्षमा कांग्रेस, माओवादी, रास्वपा, नेकपा एकीकृत समाजवादी र नेमकिपा देखिएका थिए । 
निलम्बन गर्न नहुने पक्षमा एमाले, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा र स्वतन्त्र सांसद रहेका थिए । तर बुधबारको बैठकमा भने अदालतले पुर्पक्षका लागि थुनामा पठाए सांसदलाई निलम्बन गर्नुपर्ने पक्षमा सहमति जुटेको हो ।

हत्या, बलात्कारजस्ता अपराध भ्रष्टाचारभन्दा पनि जटिल भएकाले फौजदारी मुद्दामा मुछिएका सांसद हिरासतमा रहेदेखि नै स्वतः निलम्बन हुने व्यवस्था हुनुपर्ने कानुनविद्हरूको पनि राय छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार