२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नियमावली मस्यौदा समिति बैठक

प्रतिनिधिसभामा महाभियोग प्रस्ताव : " ५ महिनाभित्रै टुंग्याउन दलहरू सहमत"

कार्यकाल समाप्त भएपनि महाभियोग नयाँ निर्वाचित संसद्को स्वामित्वमा जाने

बुधवार , फाल्गुण ३, २०७९


काठमाडौँ, फागुन । प्रतिनिधिसभामा प्रस्तुत गरिने महाभियोग बढीमा ५ महिनाभित्र टुंग्याउने विषयमा दलहरुबीच सहमति जुटेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बुधबारको बैठकमा महाभियोग प्रस्ताव ५ महिनाभित्र किराना लगाइसक्ने गरी प्रावधान राख्न सहमति भएको हो ।

तर एउटा संसद्को कार्यकाल समाप्त भएपनि महाभियोग भने नयाँ निर्वाचित संसद्को स्वामित्वमा जाने बताएका छन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि लामो समयसम्म संसदमा छानबिनको प्रक्रिया नलगी निलम्बनको समय बढाउन खोजेको आरोप लाग्दै आएको थियो ।

आमनिर्वाचनको ठिकअघि महाभियोग छानबिन समितिको बहुमतले पारित गरेको प्रतिवेदन नयाँ संसद्को स्वामित्वको विषयमा विवाद देखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार