२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर काठमाडौँमा

प्रधानसेनापति शर्मासँग भेटवार्ता : " सम्बन्ध थप सुमधुर बनाउन छलफल "

मंगलवार , फाल्गुण २, २०७९


काठमाडौँ, फागुन । अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तरले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर प्रधानसेनापति शर्मालाई भेट्न सैनिक मूख्यालय जंगी अड्डामा पुगेकी थिइन् ।

नेपाली सेनाका अनुसार यस अवसरमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

‘यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले दिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अख्तर दुईदिने भ्रमणको लागि सोमबार काठमाडौं आइपुगेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार