२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भारतीय विदेशसचिव क्वात्रा नेपालमा 

प्रधानमन्त्री दाहालसँग भेटवार्ता : " नेपाल–भारत सहकार्यका विषयमा छलफल " 

सोमवार , फाल्गुण १, २०७९


काठमाडौँ,फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन ।  विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन ।  

भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन ।  यसअघि उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन ।  

आजै उनले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी  थिए । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । 

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार