२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

फागुन १ जनयुद्ध दिवस : " देशभर सार्वजनिक बिदा , सशस्त्र युद्धकाे सम्झना "

आइतवार , माघ २९, २०७९


काठमाडौँ, माघ । सरकारले फागुन १ गते भोलि 'जनयुद्ध दिवस ' को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

२०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।  त्यही युद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि सशस्त्र युद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । 

सो सशस्त्र युद्ध को नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई 'जनयुद्ध दिवस ' को रूपमा मनाउँदै आएको छ।यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

साताअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने भनेका थिए । तर, आफ्नै अभिव्यक्ति प्रतिकूल हुने गरी प्रधानमन्त्री दाहालले विगतमा नदिइएको सार्वजनिक बिदा थप गराएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार