२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

संसद नियमावली मस्यौदा समिति

प्रतिनिधिसभा बैठक भर्चुअल बैठक : " कम्तीमा एक चौथाई सदस्यको सहमति बस्नसक्ने "

'भौतिक उपस्थितिमा बैठक बस्न सम्भव नभएकाे सांसदकाे परामर्शमा '

बिहिवार , माघ २६, २०७९


काठमाडौँ,  माघ ।  संघीय संसद् प्रतिनिधिसभा बैठक सांसदको उपस्थिति नभए पनि हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सांसदहरूको भर्चुअल माध्यमबाट उपस्थिति भए पनि बैठक बस्ने व्यवस्था गरेको हो । मस्यौदा समितिको बैठकले भर्चुअल माध्यमबाट सांसदहरू उपस्थित भएमा बैठक बस्नसक्ने व्यवस्था गरेको हो ।

प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तीमा एक चौथाई सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकता अनुरुप कार्यव्यवस्था समितिको परामर्शमा सभामुखको निर्णय अनुसार प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट पनि बैठक बस्न सकिनेछ ।

त्यस्तो बैठकको कार्यविधि सभामुखले निर्धारण गरेबमोजिम हुने व्यवस्था गरिएको छ । मस्यौदा समितिले नियमावलीको टुंगो लागेपछि संसद्‌मा प्रस्तुत गर्नेछ । २०७४ मा निर्वाचित संसद्पछि कोरोनाका कारण भर्चुअल माध्यमबाट संसद् बैठक बस्न सक्ने अवस्था थिएन । 

नियमावलीको व्यवस्था नभएकाले त्यस्तो बैठक हुन सकेको थिएन । कोरोना महामारीलाई नै मध्यनजर गर्दै नियमावली मस्यौदा समितिले उक्त व्यवस्था गरेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार