२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बैठक

राष्ट्रपति र उपराष्ट्रपतिविरुद्ध महाभियोग : " ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव "

'संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउने पर्ने '

बुधवार , माघ २५, २०७९


काठमाडौँ, माघ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको छ । 
समितिको बुधबार बसेको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रस्ताव गरेको हो ।
सचिवालयले समितिमा मंगलरबार भएको छलफलको आधारमा खाका तयार पारेको हो । सचिवालयले बनाएको खाका समिति सदस्यहरुलाई वितरण गरिएको छ ।
कान्तीपुर लेख्छ, ' यो विषयमा भोलि बस्ने बैठकमा छलफल हुने नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, सचिवालयले बनाएको प्रस्तावमा आज अध्ययन गर्छौं । भोलि समिति बैठकमै छलफल हुन्छ ।'

प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्न माघ १० गते प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । उनीहरुलाई १५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार