२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपति पदको निर्वाचन

नेता डा.कोइरालाले भने : " कांग्रेस उम्मेदवारले राष्ट्रपति जित्छ "

'कांग्रेस - 'गभर्नमेन्ट इन वेटिङ' हो भन्ने कुरालाई सत्तापक्षका केही दलले बुझेर बुझ पचाएको देखिन्छ'

मंगलवार , माघ २४, २०७९

चितवन,  माघ।  कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले तय गरेको उम्मेदवारले जित्ने दाबी गरेका छन् । 
प्रेस युनियनको वाग्मती प्रदेश अधिवेशनलाई मंगलबार चितवनमा सम्बोधन गर्दै उनले राष्ट्रपति जिताउनका लागि अन्य दलहरुसँग कुरा भइरहेको उनले जानकारी दिए ।
'कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिन्छ । कांग्रेसकै उम्मेदवाले जित्छ । तर त्यसको निम्ति हामीले अन्य दलसँग पनि सहकार्य गर्नुपर्छ' उनले भने, 'यी कुरालाई हामी अघि बढाउँछौं । अन्य दलसँग सहमति गरी जिताउँछौं ।' उनले कांग्रेस ' गभर्नमेन्ट इन वेटिङु'  हो भन्ने बुझ्न सत्तापक्षका दलहरुलाई आग्रह गरे । 
'राष्ट्रपति निर्वाचनको सन्दर्भमा जुन विषय आइरहेका छन् सत्तामा रहेका दलहरुले नेपाली कांग्रेसले भाँजो हाल्न खोज्यो भन्ने कुराहरु आएको छ ।'
'हामी ठूलो पार्टी हौं । सबैभन्दा धेरै सांसद हामीसँग छन् । हामी प्रतिपक्षमा छौैं। हामी गभर्नमेन्ट इन वेटिङ पनि हौं । यो कुरालाई सत्तापक्षका केही दलले बुझेर बुझपचाएको देखिन्छ' उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार