२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

रास्वपाको सरकारबाट बाहिरिने निर्णय

प्रधानमन्त्री 'प्रचण्ड'को प्रतिक्रिया : " सत्ता साझेदारबीचको एकता जोगाउन प्रयास गर्छु " 

आइतवार , माघ २२, २०७९

काठमाडौँ, माघ । राष्टिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार दलबीचको एकता जोगाउने पक्षमा आफू  लाग्ने प्रतिक्रिया दिएका छन । 
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरे लगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया  दिएका हुन ।  संघीय संसद् भवन परिसरमा  आईतबार सञ्चारकर्मी माँझ प्रतिक्रिया दिँदै  प्रधानमन्त्री दाहालले भने, आफू राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने पक्षमा छु । 
उनले भने,  सत्ता साझेदार दलबीचको एकता जसरी पनि बचाउनुपर्छ भन्नेमा  आफू लागेको  बताउँदै भने,  त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्न प्रयास गर्छु । 
सर्वोच्च अदालतको फैसलापछि रास्वपालाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले थपे,  त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गरिन्छ । उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ ।  मैले बिहान उहाँसँग भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन । मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भनेका थिए ।  फेरि हामी छलफल गर्छौं । 
यसलाई हल गर्नेतिर नै जान्छौं । मेरो कोसिस त थियो–राष्ट्रिय सहमति नै गरौं भनिराखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार