२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नाबालिका बलात्कार अभियोग प्रकरण

महामन्त्री थापाले भने : " गम्भीर अभियोग लागेकालाई  विशेषाधिकार दिन मिल्दैन "

शुक्रवार , माघ २०, २०७९

काठमाडौँ, माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका छन् । 
महामन्त्री थापाले ट्वीटरमार्फत  भनेका छन, नाबालिकामाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा  गर्नु गलत  हो । 
उनले भने,  बलात्कार अभियोग लागेको व्यक्तिलाई कुनै पनि विशेषाधिकार दिन मिल्दैन । बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्नँ,ु उनले भने ।
 उनले थपे,  एक साताअघि नै यो प्रसंग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा  निर्णय नगर्न भनेको थिएँ । 
उनले अदालतमा विचाराधीन रहेको मुद्दामा क्यानले हतारोमा निर्णय गरेको भन्दै क्यानको निर्णय गलत भएको र तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार