काठमाडौँ, माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, सत्ता समीकरण फेरबदल हुँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफमा दिँदै प्रधानमन्त्री दाहालले थपे, रास्वपाले समर्थन फिर्ता लिदैन ।
रास्वपाले समर्थन फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म । सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको छ ।
नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।