२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मन्त्रिपरिषद् बैठक 

सरकारले थाल्यो नियुक्ति : 'योजना आयोगमा ज्ञवाली, शाक्य र महत नियुक्त'  

सोमवार , माघ १६, २०७९


काठमाडौँ, माघ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरिएको हो । ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ थिए भने शाक्य पूर्व राजदूत हुन् ।

उनीहरू एमालेको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् । महत यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए । योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार