२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

माओबादी स्थायी कमिटी बैठक

अध्यक्ष दाहालको प्रतिवेदन :  ' कांग्रेस छाडेर एमालेसँग सरकार बनाउन किन  मिल्यौँ त ? '  

बिहिवार , माघ १२, २०७९


काठमाडौँ, माघ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिबारे पार्टी स्थायी कमिटीमा प्रतिवेदन पेस गरेका छन् । अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा भनेका छन, सरकार बनाउँदा कांग्रेस छोडेर एमालेसँग किन मिल्यो त भनेर पेश गरेका छन । 
बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन् ।  आफ्नो नेतृत्वमा सरकार गठन, माओवादी र कांग्रेस गठबन्धन भत्किएर एमालेसँग सत्ता साझेदारी, कांग्रेसले विश्वासको मत दिएको र राष्ट्रपति निर्वाचनलगायत विषयमा दाहालले प्रतिवेदनमा उल्लेख गरेको बताइएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले कांग्रेससँगको गठबन्धन छाड्नुपरेको  पक्ष पनि  अध्यक्ष दाहालले स्थायी कमिटी बैठकमा आफ्ना धारणा राखेको पनि जानकारी दिए ।
‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छाडेर अर्को सहमति गर्न पुग्यौँ, त्यो स्थिति र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफ गरेका छन,महराले भने ।
पार्टीको स्थायी कमिटी बैठकमा पार्टी एकता र संगठन विस्तारलगायत एजेन्डा पनि राखिएको छ । ती एजेन्डाबारे शुक्रबार पनि छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार