२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

निर्वाचन- २०२२ को अनुगमन 

पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन् : " राष्ट्रपति भण्डारीको ब्यवहार राजा जस्तै देखियो "

बिहिवार , माघ १२, २०७९


काठमाडौँ, माघ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजा जस्तै ब्यवहार भएको टिप्पणी गरेकी छन् । नेपाल कानुन समाज लगायतका संस्थाले संयुक्त रुपमा गरेको आमनिर्वाचन-२०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले सो कुरा बताएकी हुन । 
पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि समेत पोखेकी थिईन । उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । 
उनले  थपिन्, 'राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भए ।'  पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । 
'राम्रा व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले आस व्यक्त गरिन् । ‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ ।' 
कहाँबाट आउनुपर्ने, सर्टकटमा आउनुपर्ने धेरै घुमेर आउनपर्‍यो आज । राजाले ठीक गरेनन् भनियो,  आउने मान्छेहरु पनि राजा जस्तो भए,’उनको भनाइ थियो ।
गत निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार