२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुदूरपश्चिम  :  " बाजुराकाे बिच्छ्याँ केन्द्रविन्दु भएर भूकम्प, एक जनाको मृत्यु " (अपडेट)

मंगलवार , माघ १०, २०७९

धनगढी, माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । 

गौमुल गाउँपालिका(२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको खबर आएको र विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार