२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरे भेट : 'समसामयिक विषयमा छलफल'

सोमवार , माघ ९, २०७९


काठमाडौँ, माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको थियो ।
सभामुखमा निर्वाचित भएपछि उनले पहिलो पटक प्रधानमन्त्रीलाई भेटेका हुन । नेकपा (एमाले) का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका हुन । 
उनलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार