२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा बैठक

कांग्रेस सांसद केसीले भने : "देश - एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारले डुब्दै"  

शनिवार , माघ ७, २०७९


काठमाडौँ, माघ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताएका छन् । 
उनले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै सांसद केसीले राष्ट्रिय राजनीतिमा सन्तुलन र संयोजनको व्यवस्थित उपयोग हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
‘देशको अर्थतन्त्र दिन दिनै चुनौतीपूर्ण बनिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा आमूल परिवर्तन भएको छ । यस्तोमा हामीले भागबण्डाको कुरामात्रै गरेर हुदैन । राष्ट्रिय महत्वका विषयहरूमा राष्ट्रिय सहमति खोजौँ । संसद्लाई सशक्त र जीवन्त बनाउनका लागि नयाँ शिराबाट अघि बढौँ,’ उनले भने ।
उनले उपसभामुखमा संविधानको मर्मबमोजिम उपसभामुखमा मुक्ताकुमारी यादवलाई निर्वाचित गर्नु उपयुक्त हुने भन्दै त्यसका लागि आग्रह गरे । कान्तीपुरबाट 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार