२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपसभामुख पदको निर्बाचन 

कांग्रेस सांसद पाण्डेले भने : 'प्रतिपक्षबाट प्रस्तावित उपसभामुख हुँदा संसद्को गरिमा बढ्छ'

शनिवार , माघ ७, २०७९


काठमाडौँ, माघ । कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सभामुखमा सत्ता पक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुखमा प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो हुने बताएका छन् ।

शनिबार प्रतिनिधिसभामा मुक्ताकुमारी यादवलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद पाण्डेले संविधानको आशय अनुसार पनि उपसभामुख प्रतिपक्षले पाउँदा राम्रो हुने बताएका हुन् । 
संविधानले भिन्न दल भनेको छ । फरक दल भनेको फरक पक्ष हो । सत्ता पक्षले प्रस्ताव गरेको व्यक्ति सभामुखमा निर्वाचित भएपछि प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति उपसभामुखमा निर्वाचित हुँदा संसद्को गरिमा अझ बढ्छ ।  इन्दिरा राना मगर पनि उत्तिकै सम्मानित व्यक्ति हुनुहुन्छ । दुवै जना उत्तिकै सम्मानित व्यक्ति हुन । 
भौगोलिक हिसाबले पनि सभामुख र उपसभामुख एउटै क्षेत्रबाट हुने भएकाले पनि भौगोलिक विविधताका हिसाबले मुक्ताकुमारी यादवलाई निर्वाचित गर्नुपर्ने हुन्छ, उनले भने । मुक्ताकुमारी एक अनुभवी व्यक्ति भएकाले पनि संसद्को गरिमा बढाउन उनलाई जिताउन आवश्यक रहेको पाण्डेले बताए । 
उनले भने, 'मुक्ताकुमारी यादव मधेसकी चेली हुनुहुन्छ ।  उहाँ एउटा अनुभवी व्यक्ति हुनुहुन्छ, संसदीय पद्धति र अभ्यासभित्र उनी एक अनुभवी छन ।  २०७० सालमा संविधानसभा र २०७४ मा राष्ट्रिय सभा सदस्य हुनुभयो । उनले संसदीय समितिमा बसेर पनि कुशलतापूर्वक भूमिका निर्वाह गरेकी छन ।' 
त्यस्तै पाण्डेले सभामुख देवराज घिमिरेलाई बधाई दिँदै सभालाई निष्पक्ष ढंगले सञ्चालन गर्ने अपेक्षा लिएको बताए । उनले अगाडि भने, ुसंसदीय अभ्यासका अनगिन्ती अनुभवहरू छन् केही तिता अनुभव छन् केही मीठा अनुभव छन् । 
केही सकारात्मक नजिरहरू छन् केही नकारातम्क नजिरहरू छन् । यी कुरालाई मध्यनजर गर्दै यहाँले सभालाई सञ्चालन गर्नुहुनेछ भन्ने आशा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार